हिमाल दैनिक
नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वाच्चको अन्तरिम आदेशप्रति ठाकुर-महतो पक्ष असन्तुष्ट
mahanta-thakur-rajendra-mahato
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले अदालतको आदेशलाई भने सम्मान गर्ने बताए । शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानून नै भएको बताए । यसअघि सर्वोच्चले अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता पैदा हुने अवस्थासमेत रहने भएकाले संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुने ठहर गरेको थियो । अध्यक्ष ठाकुरले लामो समयदेखि नागरिकतासम्बन्धी कानून संसदमा अड्किरहेको र कुनै निर्णय हुन नसकेकाले समस्या भयावह हुँदै गएको बताए । नागरिकता नहुँदा नागरिकहरु रोजगार र उच्च शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै उनले नागरिकतासम्बन्धी कानून अघि बढाउनका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नागरिकता सम्बन्धी समस्या मधेशको मात्र नभइ समग्र मुलुकको भएको जिकिर गरे । त्यस्तै उनले संसद बिघटनको मुद्धा अदालतमा रहेको भन्दै आफुहरु पनि निर्णय पर्खेर बसेको बताए । त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री राजेन्द्र महत्ताले जसपा अव मुलुकको बैकल्पीक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि सदूपयोग गर्नुपर्ने धारणा राखे । देश र जनताप्रति समर्पित भएर सवैले आफ्नो दायित्व पुरा गर्नुपर्ने बताए । कार्यक्रममा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवले सरकारमा रहेर मधेश लगाए अन्य क्षेत्रमा रहेका जनताको समस्या समाधानका लागि काम गर्ने उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update