प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बिपक्षी गठबन्धनको यस्तो छ तयारी
प्रतिनिधिसभा विघटनविरुद्ध विघटनविरुद्ध मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै १४६ जना सांसदले दायर गरेको रिटको बहसका लागि निवेदक पक्षलाइ १२ घण्टा र जवाफी बहसका लागि तीन घण्टा समय निर्धारित गरिएको छ । जस अनुसार आज पहिलो दिनको सुनुवाइका लागि ४ घण्टाको समय छुटाईएको छ । देउवा पक्षको तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन् ।
हिजो कांग्रेस संसदीय दलको कार्यलयमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका निकट नेताहरु र कानुन व्यवसायी बसेको बैठकले बहसलाई प्रभावकारी बनाउन योजना तयार गरेका थिए। जसअनुसार आजको बहस अधिवक्ता खम्बबहादुर खातीले शुरु गर्नेछन् । उनले २० मिनेटको समयमा इजलासमा रिट निवेदनको तथ्य राख्ने छन् । त्यसपछि अधिवक्ता गोविन्द बन्दीले रिट निवेदनको विषय वस्तु केन्द्रित बहसको गर्नेछन् । बन्दीपछि पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (४) बमोजिम बिश्वासको मत नलिई सरकार गठन गर्न पाइने वा नपाइनेमा बहस गर्ने हिजो बैठकमा तय भएको छ ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने आज करिब १ घण्टा बहस गर्ने बताइएको छ। यस अघि पुसमा भएको संसद विगठन इजलासमा बद्रि एमिकस क्युरीका सदस्य रहेका थिए। त्यस्तै अन्तिम बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्नेछन् । निवेदकको तर्फबाट थापालाई नै प्रमुख वकिलको रुपमा गठबन्धनले अघि सारेको छ। उनले करिब डेढ घण्टा बहस गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय