हिमाल दैनिक
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस आज पनि जारी छ । संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको सुनुवाइको क्रममा आज रिट निवेदक पक्षले बहस गर्ने अन्तिम दिन हो। आज २९ जना कानून व्यवसायीले बहस गर्नेछन्। इजलासले आदेश हरेक दिन ४ घण्टा मात्रै बहस गराउने निर्णय गरेको थियो । जस अनुसार र आज निवेदक तर्फका २९ जना कानून व्यवसायीहरुलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । आज वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०–३० मिनेट बहस गर्नुहुनेछ । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले २५ मिनेट बहस गर्नुहुनेछ । आज सबैभन्दा बढी समय वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले गर्नेछन् । भण्डारी र खरेल ले ३०-३० मिनेट बहस गर्ने छन् । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा भीमार्जुन आचार्यलाई २०-२० मिनेट, अधिवक्ता टीकाराम भट्टराईलाई १५ मिनेट र अन्य कानुन व्यवसायीहरुलाई न्यूतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ। अब आइतबारबाट सरकारी पक्षले बहस गर्ने छन्। यसका लागि उनीहरुलाई १५ घण्टाको समय निर्धारण गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update