हिमाल दैनिक
सर्वाच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको ठहर गरेको छ । आज बसेको संवैधानिक इजलासको बैठकले जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा राष्ट्रपति बिद्या देवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको ठहर गर्दै संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । अदालतको निर्णय अनुसार अब सभापति देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेछ ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update