छोरीले किनेको शेयर खरिदसँग जोडेर आफूमाथि गलत लाञ्छना लगाएको सेबोन अध्यक्ष ढुङ्गानाको दाबी

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्मराज ढुङ्गानाले सर्वोत्तम सिमेन्ट कम्पनी बोर्डको नियमन दायरामा नरहेको भन्दै आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनले विवाहित छोरीले किनेको शेयरका विषयलाई आचारसंहिताले गलत नभनेको दाबी पनि गरे ।
सर्वोत्तम सिमेन्टको शेयर खरिदसँग जोडेर आफुलाई गलत लाञ्छना लगाइएको उनको भनाई छ । आफ्नी छोरी अमेरिकामा रहेको र छोरीको परिवारमा भएको कारोवारमा आफु उत्तरदायि नहुने उनले तर्क गरे । विवाहित छोरी एकाघर परिवारमा नपर्ने र हाल निज सगोलमा नरहेकोले सेयर खरिद विक्री सम्बन्धी विद्यमान कानुनी हिसाबले निज विवाहित छोरी स्वतन्त्र रहेको उनको भनाई छ ।
https://youtu.be/FvvTYPnczgc
बैठकमा नियामक निकायका पदाधिकारी र स्वयम् प्रमुखकै नाम आचारसंहिता विपरीतको गतिविधिसँग जोडिनु आपत्तिजनक भएको बताएका थिए । संवेदनशील क्षेत्र र त्यसको नियामक निकायका प्रमुखहरूकै नाम जोडिएकाले छानविन हुनुपर्ने उनीहरुको माग छ । बोर्ड अध्यक्ष ढुङ्गानाले छोरीको नाममा र नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख चन्द्र सिंङ साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको सूचना सार्वजनिक भएपछि समितिले चासो देखाएको हो ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय