हिमाल दैनिक
सरकारले गम्भीर प्रकारका दीर्घरोगीहरुका लागि मासिक ५ हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ। सरकारले प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा परिमार्जन गर्दै मृगौला, मुटु लगायत विभिन्न पाँच प्रकारका रोगीहरुका लागि यस्तो सहायता प्रदान गर्ने घोषणा गरेका हुन्।   प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि ०७४ सालमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अघि तत्कालिन मन्त्रिपरिषदबाट गरेको उक्त निर्णयलाई तत्कालिन मुख्यसचिव लोकदर्शन रेग्मीले निर्णय लिखत नराखेपछि केपी शर्मा ओली सरकारले उक्त कार्यक्रमलाई हटाएको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update