युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’का दुई पुराना प्रतिद्वन्दीबीचको प्रतिस्पर्धामा लिभरपुलले एसी मिलानलाई ३-२ गोलले पराजित गरेको छ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको गए रातिको खेलमा घरेलु टोलीले खेलको ९औं मिनेटमा मिलानका रक्षक फिकायो टोमोरीको आत्मघाती गोलमार्फत खेलमा अग्रता लिएको थियो। खेलको १४औं मिनेटमा लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले पेनाल्टी मिस गरेका थिए।
पहिलो हाफको अन्त्य तिर पाहुना टोली मिलानले शानदार खेल प्रस्तुत गर्दै खेलमा दुई गोल गर्न सफल भयो। मिलानका लागि स्ट्राइकर आन्टे रेबिच तथा ब्राहिम डियाजले क्रमशः ४२ तथा ४४ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्र नै बराबरी गोल गर्न सफल भयो। यस पटक मोहम्मद सालाहले नै गोल गर्दै लिभरपुललाई बराबरीमा पुर्याएका थिए।
त्यसपछि खेलको ६९औं मिनेटमा लिभरपुलले अग्रता लिन सफल भयो। लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले शानदार लङ रेन्जर गोल गर्दा घरेलु टोलीले पुनरागमन जित निकाल्न सफल भएको हो।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



