जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बिहिबार रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्कनुभएको हो ।
सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानविरुद्ध मुद्दा दायर गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय