सुर्खेतमा पक्राउ गरी रातारात राजधानी ल्याइएका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको छ।
सोमबार पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत रहेकाबेला विभागको पत्रको आधारमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा रहेका पौडेललाई स्थलमार्गबाटै बाँके हुँदै राजधानी ल्याइएको हो।
पूर्व गृह तथा अर्थमन्त्री समेत भइसकेका एमाले उपाध्यक्ष पौडेललाई मंगलबार काठमाडौं ल्याइपुर्याएलगत्तै मध्यान्ह ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा हाजिर गराइएको हो।
शेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे विभागले गरेको अनुसन्धान प्रक्रियामा आशंका लागेपछि उनलाई विभागले पक्राउ गरेको हो।
विभागले आवश्यक प्रक्रिया पुरा गरि म्याद थपका लागि आजै अदालतमा उपस्थीत गराउने तयारी गरेको छ।
विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।



