हिमाल दैनिक
सत्ता गठन्धनका शीर्ष नेताहरुबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान भएको छलफलका क्रममा अध्यादेश फिर्ता लिने बिषयमा छलफल भएको एक नेताले जानकारी दिए । अध्यादेशका बारेमा टुङ्गो नलगाएसम्म मन्त्रिपरिषद् बिस्तार हुने नदेखिएपछि गठबन्धनदलहरुले यसलाई फिर्ता लिने बिषयमा छलफल गरेका हुन् । त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको र एकदुई दिनभित्रैमा टुंगोमा पुग्ने गरि तयारी गर्ने नेताहरुले सहमति गरेका छन् । बैठकमा संसदको गतिरोध र पछिल्लो घटनाक्रममा पनि छलफल भएको थियो । सरकार गठन भएको लामो समयबित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।  
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update