इपिएलमा आजको दोश्रो खेल पनि स्थगित
                        
                        
                                                
                                            
                                                
                        राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज दोश्रो खेल पनि स्थगित भएको छ ।
सोमबार हुने दोश्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको मैदान भिजेका कारण स्थगन भएको हो । यस अघि आजको पहिलो खेल काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल पनि स्थगित भएको हो।
दोश्रो खेल दिउसो १:३० बजे सुरु हुनुपर्ने थियो । अब दुवै खेलमा टिमहरुले एक आपसमा अंक बढ्ने वा खेल खेल्ने भन्ने बारे आयोजकबाट आधिकारिकता भने आएको छैन।
                        
                    
                प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

