ईपीएलमा आज चितवन र भैरहवा तथा काठमाडौं र पोखरा भिड्दै
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाडौं किङ्ग्स–११ र पोखरा राइनोज खेल्नेछन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा खेल्नेछन्। क्वालिफायरमा पुगिसकेको चितवनले चार खेलमा शत प्रतिशत जित निकालेको छ। चितवन तालिकाको शीर्ष स्थानमा छ। यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ।
यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाडौं किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्ने छन्।
पोखराले चार खेलमा पाँच अङ्क जोडेर दोस्रो स्थानमा छ। काठमाडौं दुई खेलमा दुई अङ्क जोडेर पाँचौं स्थानमा छ। आज काठमाडौंलाई जित्नैपर्ने दबाब छ। यसअघि हिजो भएको खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स विजयी भएका थिए।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय