हिमाल दैनिक
६ घण्टासम्म फेसबुक, इन्स्टाग्राम र वाट्सएप बन्द भएपछि
facebook
फेसबुक, इन्स्टाग्राम र वाट्सएप प्लेटफोर्म केहि समयका लागि बन्द भएको छ । सोमबार रातो करिब ९ बजे यी तीन प्लेटफोर्म बन्द भएका थिए । यो आउटेजको समस्या केहि घण्टासम्म रहयो। कम्पनीको सर्भर डाउन भएको कारण यो समस्या आएको बताइएको छ । आउटेज ट्रेकिंग कम्पनी डाउन डिटेक्टर डट कमका अनुसार विश्वभर करिब १.०६ करोड युजर्सले फेसबुकको सर्भिस बन्द भएको गुनासो गरेका थिए । यसै बीच फेसबुकका सिईयो मार्क जकरबर्गले माफी मागेका छन् । फेसबुक बन्द भएपछि जकरबर्गले भने, 'अहिले फेसबुक चलाउन संसय आएको छ, जसका लागि हामी माफी माग छौ।' यसको असर अमेरिकाको शेयर मार्केटमा पनि देखिएको थियो । फेसबुकको शेयर ६% सम्म घटेको थियो।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update