बैंग्लोरलाई हैदारावादले हरायो, दिल्लीको क्वालिफायर पक्का
                        
                        
                                                
                                            
                                                
                        यूएईमा जारी १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत समूह चरणको दोस्रो अन्तिम खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ रनले हराएको छ।
बैंग्लोर पराजित भएपछि शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा प्रवेश गरेको छ।
हैदराबादले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो।
उसका लागि देवदत्त पाडिक्कलले ४१, एवि डिभिलियर्सले अविजित १९, ग्लेन म्याक्सवेलले ४०, शाहबाज अहमदले १४, श्रीकर भरतले १२, विराट कोहलीले ५, ड्यानियल क्रिष्टियनले १ रन बनाए।
बलिङमा भुवनेश्वर कुमार, सिद्धार्थ कौल, जेसन होल्डर, उमरन मलिक र राशिद खानले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनायो।
उसका लागि जेसन रोयले ४४, कप्तान केन विलियम्सनले ३१, अभिषेक शर्माले १३, प्रियम गर्गले १५, ऋद्धिमान शाहले १० र जेसन होल्डरले १६ रन बनाए।
बलिङमा हर्षल पटेलले ३, ड्यानियल क्रिष्टियनले २, जर्ज ग्रेटन र युजवेन्द्र चहलले एक/एक विकेट लिए ।
यो नतिजासागै दिल्ली शीर्ष दुईमा रहने पक्का भएको छ। एक खेल खेल्न बाँकी हुँदा दिल्लीको २० अंक छ। चेन्नई अन्तिम खेलमा विजयी भए २० अंक हुनेछ।
बैंग्लोर अन्तिम खेलमा विजयी भए १८ अंकमा मात्र पुग्छ । जसको कारण दिल्ली क्वालिफायरमा पुगेको हो।
                        
                    
                प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

