हिमाल दैनिक
मेस्सीको दिलाए पिएसजीलाई शानदार जित
messi-mbappe-PSG
यूईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आरबी लाइप्जिगलाई पराजित गरेको छ । गए राती भएको लिगको समूह 'ए' को खेलमा पिएसजीले लाइप्जिगलाई ३-२ ले पराजित गरेको हो । खेलमा पछि परेको पिएसजीका लागि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले दुई गोल गर्दै खेलमा जित दिलाएका थिए । खेलको ९ औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा किलीयन एमबाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा एन्जेलिनोको क्रसमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बाराबारीमा पुराए । खेलको ५७ औं मिनेटमा एन्जेलिनोकै क्रसमा नोर्दिक मुकिएलेले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै खेल पुन: बराबारीमा पुराए। ७४ औं मिनेटमा एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो जसको सदुपयोग गर्दै मेस्सीले खेलमा अग्रता लिए । खेलको इन्ज्युरी समयमा पिएसजीले अर्को पेनाल्टी अवसर पायो। सो पेनाल्टी एम्बापपेले लिए तर उनले त्यसको सदुपयोग भने गर्न सकेनन। यस जितसँगै ३ खेल खलेको पिएसजीले ७ अंक सहित लिगको शीर्षस्थानमा रहेको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update