हिमाल दैनिक
मार्क जुकरबर्ग फेसबुकको नाम परिवर्तन गर्ने सोचमा, मेटावर्सको दुनियामा जाँदै
mark zuckerberg
फेसबुकले आफ्नो नाम परिवर्तन गर्न सक्ने भएको छ । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार फेसबुक मेटावर्स बनाउन केन्द्रित भएको छ । जसका लागि कम्पनिले आफ्नो नाम परिवर्तन गर्न सक्ने अनुमान गरिएको हो । यस कुराको अधिकारिक पुष्टि भने कम्पनिले अहिलेसम्म गरेको छैन । संचार मध्यमका अनुसार कम्पनिका सीईओ मार्क जुकरबर्गले कम्पनिको बार्षिक कनेक्ट कन्फीरेन्समा नयाँ नाम घोषणा गर्ने अड्कलबाजी गरिएको छ । कम्पनिका सीईओले आउने समयमा कम्पनिलाई मेटावर्स कम्पनीका रुपमा चिनाउन यो तरिका अपनाउन लागिएको बताइएको छ । एक ठाउंमा धेरै सुबिधा यो परिवर्तनले कम्पनीले आफ्नो एप जस्तै इन्स्टाग्राम, वाट्सएप र आकुलसलाई एकै ठाउंमा ल्याउने प्रयत्न गर्न लागेको बताइएको छ । मार्क जुकरबर्गले केहि समय अघि आफ्नो कम्पनी सोसियल कम्पनीले भन्दा 'मेटावर्स' कम्पनि बनाउने र 'एम्बॉइडेड इन्टरनेट' मा काम गर्ने बताएका थिए । यसको मतलब अब रियल्टि र भर्चुवल वोर्ल्डको मेल पहिले भन्दा बढी हुनेछ । यसमा मिटिंग, घुम-घाम, गेमिंग जस्ता धेरै काम गर्न सकिनेछ । यस भन्दाअघि पनि कम्पनीको नाम परिवर्तन गरिएको छ: यसरी कम्पनीले आफ्नो नाम परिवर्तन गरेको यो पहिलो पटक भने होइन । सन् २०१५ मा गुगलले अल्फाबेट इंकलाई एक होल्डिंग कम्पनीको रुपमा स्थापना गरेको थियो । यसको उद्देश्य सर्च र एडवर्टाइजिंग बिजनेस बाहेक अन्य क्षेत्रमा बढाउन खोजेको थियो । यस बाहेक सन् २०१६ मा स्नैपइंकको नाम बद्लिएर स्नैपचैट गरिएको थियो । मेटावर्स के हो? यो वर्चुअल रियलटी का नेक्स्ट लेवलको रुपमा लिन सकिन्छ । अहिले अडियो स्पीकर, टेलीविजन, वीडियो गेमको लागि वर्चुअल रियलिटी टेक्नोलोजी डेभलव गरिएको छ । यसको मतलब यस्तो चीज हामीले आफु अघि देख्छौ जो हामी अघि नै छैन । भविष्यमा यो टेक्नोलोजी झनै एडवान्स वर्जनले त्यस्ता चीजलाई हामीले छुन सक्ने र त्यसलाई महसुस समेत गर्न सक्नेछौ । यसलाई नै मेटावर्स भनिएको हो । यो शब्द पहिले साइन्स फिक्शन लेखक नील स्टीफेन्सनले सन् १९९२ मा आफ्नो नोवेल 'स्नो क्रैश' मा प्रयोग गरेका थिए । मेटावर्स तयार हुन अझै १५ बर्ष लग्न सक्ने फेसबुकले यस्तो मेटावर्स कम्पनी रातारात बनाउन सक्दैन। मेटावर्स डेभलपमेन्टका लागि केहि नन प्रफ़िट ग्रुप संग ५० मिलियन डलर फ़नडिङ्ग गरिएको छ । तर, यो तयार गर्न १० देखि १५ बर्ष को समय लग्न सक्ने अनुमान गरिएको छ । फेसबुकसंग एआई र रियलटी ल्याब फेसबुकको कॉर्क आयरल्याण्डमा एउटा रियलटी ल्याब रहेको छ । कम्पनिले फ्रान्समा एउटा एआई रिसर्च ल्याब खोलेको छ । सन् २०१९ मा फेसबुकले एआई एथिकल रिसर्च सेन्टरका लागि म्यूनिखको टेक्नोलॉजी यूनिवर्सिटी संग साझेधारी गरेको थियो । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update