हिमाल दैनिक
मेटावर्समार्फत फेसबुकले इन्टरनेटमा कसरी बनाउदैछ त नयाँ दुनियाँ?
facebook
फेसबुकले आफ्नो नाम परिवर्तन गर्न सक्ने भएको छ । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार फेसबुक मेटावर्स टेक्नोलोजी बनाउन केन्द्रित भएको छ । जसका लागि कम्पनिले आफ्नो नाम परिवर्तन गर्न सक्ने अनुमान गरिएको हो । मार्क जुकरबर्गले केहि समय अघि आफ्नो कम्पनी सोसियल मिडिया कम्पनीले भन्दा ‘मेटावर्स’ कम्पनि बनाउने र ‘एम्बॉइडेड इन्टरनेट’ मा काम गर्ने बताएका थिए । फेसबुकले यस्तो भर्चुवल दुनिया तयार गर्न खोजेको छ जहाँ अब हामी भर्चुवल रियालिटीको उपयोग गर्ने छौ र भर्चुवल दुनियाको अनुभव गर्ने सक्नेछौ । यसका लागि फेसबुकले १० हजार जनालाई खटाउन लागेको बताएको छ । त्यस्तै यो टेक्नोलोजीका लागि फेसबुकले ५० मिलियन डलर लगानी गर्ने बताइएको छ । यो कसरी काम गर्छ? यसमा हामीले प्रयोग गर्दै आएको इन्टरनेटको तरिका कसरी परिवर्तन गर्छ ? फेसबुक बाहेक अन्य कम्पनी पनि मेटावर्समा काम गरेको छ ? र मेटावर्सको आइडिया कहाँबाट आयो ? यो टेक्नोलोजी सम्बन्धि यस्तो धुप्रै प्रश्नहरु उब्जिएका छन् । यो टेक्नोलोजी बुझ्नका लागि पहिले हामी मेटावर्स भनेको के हो बारे बुझ्नुपर्छ। मेटावर्स भनेको के हो ? सामान्य भाषामा भन्नु पर्दा मेटावर्स एक तरिकाले भर्चुवल दुनिया हो । यो टेक्नोलोजीमा तपाई भर्चुवल परिचानबाट डिजिटल दुनियामा परिवेश गर्न सक्नुहुनेछ । यस्तो बेग्लै दुनिया जहाँ तपाईको बेग्लै पहिचान हुनेछ। त्यहाँ तपाई घुम्न सक्नु हुनेछ, समान खरिद गर्न सक्नु हुनेछ, आफ्नो परिवार, इस्टमित्रलाई भेट्न सक्नु हुनेछ । यो कसरी काम गर्छ ? मेटावर्स ऑगमेंटेड रियलिटी, वर्चुअल रियलिटी, मशीन लेर्निंग, ब्लॉकचेन टेक्नोलोजी र आर्टिफिशियल इन्टेलिजेन्स जस्ता टेक्नोलोजीको संयोजनमा काम गर्छ। हामीले चलाउदै आएको इन्टरनेट प्रयोग गर्ने तयारी कसरी परिवर्तन गर्छ ? मेटावर्स आएपछि तपाई हरुले इन्टरनेट प्रयोग गर्ने तयारी पुरै बदलिने छ । अब भर्चुवल दुनियाँमा तपाई एउटा पसलमा गएर केहि समान मन पर्यो भने तपाईले त्यही त्यो पसलमा गैर डिजिटल मुद्रा मार्फत त्यो सामान किन्न सक्नु हुनेछ। त्यो सामान तपाईकै घरमा डेलिभर हुनेछ । यसबाट तपाईले भर्चुवल शपिंगको अनुभव लिन सक्नुभयो । फेसबुकले आफ्नो नाम किन परिवर्तन गर्न लागेको ? गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट हो । त्यस्तै फेसबुले अब आउने समयमा एउटा प्यारेन्ट कम्पनीमा फेसबुक, वाट्सएप, इस्टाग्राम र कम्पनीका अन्य प्लेटफर्म सामेल गर्नेछ । यो परिवर्तन कम्पनीले मेटावर्स टेक्नोलोजीमा केन्द्रित भएर गर्न लागेको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले अबको समय मेटावर्स दुनियाले ओगट्न लागेको र यो दौडमा आफु पछि नपर्ने प्रतिक्रिया दिएका छन् । गेमिंगको दुनियामा मेटावर्सको चर्चा परिचर्चा अहिले गेमिंगको दुनियामा मेटावर्स टेक्नोलोजी निकै चर्चामा छ। फोर्टनाइट गेममा अहिले युजर्सका लागि म्युजिक एक्सपीरिरेन्सको आयोजना गरिएको छ । जहाँ युजर्सले गेम भित्र आर्टिस्ट(Artist) को लाइभ म्युजिकको आनन्द लिन पाउने छ । फोर्टनाइट बनाउने कम्पनी एपिक गेम्सले मेटावर्समा पहिले देखि नै काम गर्दै आइराखेको छ । जसमा अहिले फोर्टनाइटमा सिंगर एरिना ग्राण्डेको लाइभ कन्सर्ट राखिएको थियो । यस भन्दा अघि फोर्टनाइटमा अन्य धुप्रै आर्टिस्टहरुको लाइभ कन्सर्ट आफ्नो गेम मार्फत आयोजना गरिसकेको छ । फेसबुक बाहेक कुन कुन कम्पनी यसमा काम गर्दैछन् त ? मेटावर्समा सफ्टवेयर, हार्डवेयर, एसेट क्रिएशन, इन्टरफेस क्रिएसन, प्रोडक्ट र फ़ाइनेन्सियल सर्भिस जस्ता धेरै क्याटागोरीहरु रहेको छ । यसमा सैयौ कम्पनी काम गर्दै आइराखेका छन् । फेसबुक बाहेक यसमा गुगल, एप्पल, स्नेपचैट र एपिक गेम जस्ता ठुला कम्पनी पनि छन् । सन् २०३५ सम्म मेटावर्स करिब ७५ करोडको इण्डस्ट्री हुन सक्ने अनुमान गरिएको छ । मेटावर्सको आइडिया कहाँबाट आयो ? सन् १९९२ मा साइन्स फिक्शन लेखक नील स्टीफेन्सनले आफ्नो नोवल ‘स्नो क्रैश’ मा पहिलो पटक मेटावर्स शब्दको प्रयोग गरेका थिए । २९ बर्ष अघि नै स्टीफेन्सनले यो नोवलमा भर्चुवल दुनियामा, डिजिटल मुद्रा जस्ता कुराका बारेमा लेखेका छन् । मेटावर्स तयार हुन अझै १५ बर्ष लाग्न सक्ने फेसबुकले यस्तो मेटावर्स कम्पनी रातारात बनाउन सक्दैन। मेटावर्स डेभलपमेन्टका लागि केहि नन प्रफ़िट ग्रुप संग ५० मिलियन डलर फ़नडिङ्ग गरिएको छ । तर, यो तयार गर्न १० देखि १५ बर्ष को समय लग्न सक्ने अनुमान गरिएको छ । फेसबुकसंग एआई र रियलटी ल्याब फेसबुकको कॉर्क आयरल्याण्डमा एउटा रियलटी ल्याब रहेको छ । कम्पनिले फ्रान्समा एउटा एआई रिसर्च ल्याब खोलेको छ । सन् २०१९ मा फेसबुकले एआई एथिकल रिसर्च सेन्टरका लागि म्यूनिखको टेक्नोलॉजी यूनिवर्सिटी संग साझेधारी गरेको थियो । (दैनिक भास्करबाट अनुवाद गरिएको)
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update