हिमाल दैनिक
विश्वकपमा आजदेखि सुपर १२ को खेल सुरू, यी हुन् पहिलो चरण पार गर्ने टोली
FCUPGanWYAQn_nj
युएई र ओमानमा संयुक्तरुपमा जारि सातौँ संस्करणको टी-ट्वान्टी विश्वकप अन्तर्गत समूह चरणका खेलहरू सकिएका छन्।शनिवारदेखि दोस्रो चरण अर्थात् सुपर-१२ चरणको खेलहरू हुनेछन्। समूह चरणका खेलपछि समूह ‘ए’ बाट समूह विजेताको रूपमा श्रीलंका तथा उपविजेताको रुपमा नामिबिया सुपर-१२ मा प्रवेश गरे। समूह ‘बी’ बाट विजेताको रुपमा स्कटल्याण्ड तथा उपविजेताको रुपमा बंगलादेशले सुपर-१२ मा प्रवेश पाए। सुपर-१२ पुग्न सफल राष्ट्रहरू २०२२ मा अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा समेत स्वतः छनोट भएका छन्। स्कटल्याण्ड र नामिबिया पहिलो पटक विश्वकपको दोस्रो चरण प्रवेश गर्न सफल भएका हुन्। श्रीलंका र आयरल्याण्डले समूह चरणको सबै तीन खेल जित्न सफल भए भने बंगलादेश र नामिबियाले तीन खेलमा २ जीत र १ हार बेहोरे। टेष्ट रास्ट्र आयरल्याण्डसहित नेदरल्याण्ड, पपुवा न्युगिनी र आयोजक ओमान भने पहिलो चरणबाटै बाहिरियो। पपुवा न्युगिनी र नेदरल्याण्ड तीनवटै खेलमा पराजित भए भने आयरल्याण्ड र ओमानले तीन खेलमा समान दुई हार र एक जित दर्ता गरे। सुपर-१२ चरण अन्तर्गत ६/६ वटा टिमको दुई वटा समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समुह ‘एक’ मा श्रीलंका र बंगलादेशसहित अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्। समुह ‘दुई’ मा स्कटल्याण्ड र नामिबियासहित पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान छन्। दुवै समूहमा रहेका टिमहरुले एक-अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्। सुपर-१२ चरण अन्तर्गत पहिलो खेल शनिबार अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीच हुनेछ। दिनको दोस्रो खेल राति ७:४५ बजे इंग्ल्यान्ड र डिफेन्डिङ च्यापियन वेस्टइन्डिजबीच हुनेछ। अक्टोबर २४ तारिखमा श्रीलंका र बंगलादेश तथा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update