हिमाल दैनिक
मछिन्द्र क्लवमा बिमल घर्तिमगर अनुबन्धित
bimal-gharti
‘ए’ डिभिजन क्लब मछिन्द्र क्लवले बिमल घर्तिमगरलाई क्लवमा अनुबन्ध गरेको छ । काठमाडौंमा आइतबार मछिन्द्रले बिमलसँग औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताको अवधि एक सिजनको रहेको छ । फरवार्ड बिमलले गत सिजन पनि मछिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । त्यस्तै उनले मछिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागीता जनाएका थिए । सम्झौतापछि बिमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए । यो वर्ष सुरुवातै खेल्ने प्रयास गर्ने र टिमलाई उपाधि जित्न सहयोग गर्ने उनले बताए । त्यस्तै क्लबका उपाध्यक्ष तथा म्यानेजर अनिल श्रेष्ठले बिमलको आगमनले टिम बलियो बनेको प्रतिक्रिया दिए । यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।  
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update