हिमाल दैनिक
भारतद्वारा १ सय ५२ रनको लक्ष्य प्रस्तुत, कोहलीको अर्धशतक
virat_kohli_ntzYug0Cpl
आईसीसी ट्वान्टी -ट्वान्टी विश्वकपमा भारतले पाकिस्तानसामू १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब शुरुवातका बाबजुत कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको हो।  पहिलो ओभरमै ओपनर रोहित शर्मालाई शुन्य रनमा गुमाएको भारतले अर्का ओपनर लोकेस राहुललाई ३ रनमा गुमाएको थियो। तर कप्तान विराट कोहलीले ५७ रन बनाए। उनले ४९ बलमा १ छक्का र ५ चौका प्रहार गरे । यस्तै ऋषभ पन्तले ३९, रबिन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादब र हार्दिक पाण्ड्या समान ११ -११ रन बनाए । पाकिस्तानका शाहिन साह अफ्रिदीले ३, हसन अलीले २ तथा सादब खान र हरिस रौफले समान एक-एक विकेट लिए।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update