हिमाल दैनिक
बार्सिलोनामाथि रियलको रोमाञ्चक जित
Reail
सिजनको पहिलो एल क्लासिको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई हराएको छ । आज ला लिगाअन्तर्गत बार्सिलोनाको मैदानमा भएको खेलमा रियलले घरेलु टिमलाई २-१ गोलले हराएको हो । रियलको जितमा अलाबा र भाज्क्युले गोल गरे । अलाबाले उनले खेलको ३२ मिनेटमा गोल गरेका थिए। उनलाई रोद्रिगोले गोल गर्न पास दिएका थिए । दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा भाज्क्युले रियलका लागि दोस्रो गोल गरेका थिए । इन्जुरी टाइमको सातौं मिनेटमा बार्सिलोनाका लागि सर्जियो अग्युरोले गोल फर्काए । तर, त्यतिबेलासम्म बार्सिलोनालाई खेलमा फर्कन ढिला भइसकेको थियो । अग्युरोले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन् । जितसँगै रियल ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको ९ खेलबाट २० अंक भएको छ । दोस्रो स्थानको सेभिया र तेस्रो स्थानको रियल सोसिडाडको पनि समान २०/२० अंक छ । बार्सिलोना भने ९ खेलबाट १५ अंक जोड्दै आठौं स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update