हिमाल दैनिक
१० खेलाडीमा सिमित पीएसजी मार्सेसँग बराबरीमा रोकियो
1635125242_Untitled (2)
लिग वानअन्तर्गत मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति मार्सेमा भएको खेलमा दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरे पनि भीएआरबाट उनको गोलले मान्यता पाएन। २०औं मिनेटमा एर्काडिअस मिलिककोे गोलले पनि मान्यता पाएन। खेल ५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो। सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। बराबरीसँगै ११ खेलबाट २८ अंक जोडेको पीएसजी शीर्षस्थानमा यथावत रहँदा मार्से १८ अंक जोडेर शीर्ष चारमा रहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८