प्रधानन्यायाधीशले पदमा बस्ने नैतिक आधार गुमाइ सके: वरिष्ठ अधिवक्ता अर्याल

वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदमा बसिरहने नैतिक आधार गुमाई सकेको बताएका छन् ।
सोमबार अधिवक्ता अर्यालले आफ्नो ट्वीटरमा पोस्ट शेयर गर्दै वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाइसके बताउदै पदीय हैसियतको जनस्तरबाट अवज्ञा हुनुपर्ने बताएका हुन् ।
उनले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगको मागसहित नागरिक प्रदर्शनका कार्यक्रम संचालन गर्न समेत आग्रह गरेका छन्।
वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाई सक्नु भएकाे छ । अब उहाँकाे पदिय हैसियतकाे जनस्तरबाट पनि अवज्ञा हुनु पर्दछ । राजीनामा वा महाअभियाेगकाे माग सहित नागरिक प्रदर्शन कार्यक्रम घाेषणा गर्ने तर्फ साेचाैं ।
— Om Prakash Aryal (@oaryal) October 25, 2021
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय