एएफसी यु-२३ एसिया कप छनोटमा नेपाल पराजित
                        
                        
                                                
                                            
                                                
                        काठमाडौं । एएफसी यु-२३ एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आज इरानविरुद्ध ४-० ले पराजित भएको छ ।
नेपालले पहिलो हाफमा इरानलाई  गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा भने रोक्न सकेन ।
४७औं मिनेटमा मेहदी लिमौचीले इरानको गोल खाता खोलेका थिए । ७७औं मिनेटमा हुसैन नोडकोकरले इरानको अग्रता दोब्बर पारे ।
त्यसको एक मिनेटपछि नै हौसेनले इरानको अग्रता थप बढाएका थिए । यासिन साल्मानीले इन्जुरी समयमा गरेको गोलमा इरानले सहज जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल आयोजक ताजिकिस्तानविरुद्ध ११ गते खेल्नेछ । त्यस्तै छनोटको अन्तिम खेलमा नेपालले १४ गते लेबनानको सामना गर्नेछ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

