नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोकेका छन् ।
नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ । सो अवसरमा मुख्यमन्त्री पाण्डे र नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय