हिमाल दैनिक
फेसबुकको नाम अब मेटा, मार्क जुकरबर्गले गरे घोषणा
zuck-meta-facebook
सामाजिक संजाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । बिहिबार फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा ' राख्ने घोषण गरेको हो । पछिल्लो समय फेसबुकको नाम परिवर्तन हुने बारे विभिन्न संचार मध्यमहरुले अड्कल लगाई रहेका थिए । हिजो कम्पनीका सीईओ मार्क जुकरबर्गले नाम परिवर्तन भएको घोषणा गरेका हुन् । कम्पनीको कनेक्ट वर्चुअल रियलीट कन्फेरेन्समा सम्बोधनका क्रममा मार्क जुकरबर्गले अब यो कम्पनी मार्फत टेक्नोलोजी मानिसहरुसंग पुग्ने बतेका थिए । टेक्नोलोजी हरेक ब्यक्तिसंग पुराएर ठुलो अर्थतन्त्र बाउने योजना रहेको उनले बताए । उनले भनेका थिए,'अब हामी फेसबुकबाट मेटावर्स हुँदैछौ । ' जुकरबर्गले जुलाईमा नै कम्पनीको भविष्य मेटावर्स रहेको बताएका थिए । उनले आफ्नो ट्वीटर एकाउटमा पनि @meTa जोड्ने फैसला गरेका छन् । अब meta.com मा गयौ भने अब यसले सिधै फेसबुकको फोम पेजमा री-डायरेक्ट गर्ने छ । यो पनि पढ्नुहोस्:

मेटावर्समार्फत फेसबुकले इन्टरनेटमा कसरी बनाउदैछ त नयाँ दुनियाँ?

यसमा हामीले प्रयोग गर्दै आएको इन्टरनेटको तरिका कसरी परिवर्तन गर्छ ? फेसबुक बाहेक अन्य कम्पनी पनि मेटावर्समा काम गरेको छ ? र मेटावर्सको आइडिया कहाँबाट आयो ? यो टेक्नोलोजी सम्बन्धि यस्तो धुप्रै प्रश्नहरु उब्जिएका छन् । यो टेक्नोलोजी बुझ्नका लागि पहिले हामी मेटावर्स भनेको के हो बारे बुझ्नुपर्छ।

थप पढ्नुहोस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update