सर्वाच्च अदालत परिसर भित्रै हात र लात हालाहाल!(भिडियो सहित)

नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो ।
उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनु पर्येको थियो ।
https://youtu.be/idyY9Q_sPOc
कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए ।
यता अधिवक्ता भूमिनन्द चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाए । उनले प्रधानन्याधिशलाई कसैले हटाउन नसक्ने बताए । बार निकट व्यक्तिहरुले आफुहरुलाई अन्याय गरेको उल्लेख गरे । आफुलाई कुट्दा पनि बार हेरेर मात्र बसेको उनको भनाई छ ।
चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय