हिमाल दैनिक
रोनाल्डोले दिए ओली गनर सोल्क्सायरलाई केहि राहत
Cristiano Ronaldo-manchester-united
इंगलिस प्रिमियार लिगमा म्यानचेस्टर युनाइटेडका म्यानेजर ओली गनर सोल्क्सायरलाई क्रिस्टियानो रोनाल्डोले केहि राहत दिएका छन् । गए राति भएको खेलमा य़ुनाइटेडले टोटेनहमलाई ३–० ले पराजित गरेको छ । यस जितमा युनाइटेडका स्टार खेलाडी रोनाल्डोको मुख्य भूमिका रहेको छ । खेलको ३९ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले आफ्नो टिमलाई अग्रता दिलाए । खेलको दोश्रो हाफमा भने रोनाल्डोले एडिन्सन काभानीका राम्रो पास मिलाएका थिए। जसको सदुपयोग गर्दै काभानीले खेलमा दोब्बर अग्रता दिलाए । त्यस्तै खेल सकिन ४ मिनेट बाँकी रहँदा रासफोर्डले गोल गर्दै गोल अन्तर ३-० पुराए । यस संगै १० खेल खेलेको युनाइटेड १७ अंक सहित लिगको पाँचौ स्थानमा पुगेको छ । त्यस्तै टोटेनहम १५ अंकसहित आठौं स्थानमा छ । यस भन्दा अघिको खेलमा युनाइटेडले लिभरपुलविरुद्ध लज्जास्पद हार बेहोरेको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update