हिमाल दैनिक
ब्राइटनसँग लिभरपुल बराबरीमा रोकियो
liverpoolk
इंगलिस प्रिमियार लिगमा उपाधि दाबेदारका रुपमा रहेको लिभरपुल ब्राइटनसँग बराबरी खेलेको छ । गए राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा ब्राइटनसँग २–२ गोलको बराबरी खेल्न पुगेको हो । खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा जोर्डन हेन्डरसनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २४औं मिनेटमा साडियो मानेले गोल गर्दै खेलमा दोब्बर अग्रता लिए । खेलको ३३औं मिनेटमा साडियो मानेले गरेको गोल भिएआरका कारण मान्यता पाएन । खेलमा दोब्बर अग्रता लिएको लिभरपुलले भने त्यसलाई कायम गर्न सकेन । खेलको ४१औं मिनेटमा इनक विपुले गोल गर्दै खेललाई २-१ मा पुराए । दोश्रो हाफको ६५औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै खेल बराबरीमा पुराए । यस संगै १० खेल खेलेको लिभरपुल २३ अंक सहित लिगको दोश्रो स्थानमा यथावत नै रहेको छ । २५ अंक चेल्सी लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्राइटनसँग १६ अंक सहित लिगको सातौ स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update