हिमाल दैनिक
आर्सनलसंग लेस्टर सिटी पराजित
arsenal
इंगलिस प्रिमियार लिगमा आर्सनलले लेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । शनिबार किङ पावर स्टेडियममा भएको खेलमा आर्सनलको जितका लागि गाब्रियल र इमिल स्मिथ रोवीले एक-एक गोल गरेका थिए । खेल सुरु भएको ५ मिनेट पनि नबित्दै बुकायो साकाको पासमा गाब्रियलले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको १८ औं मिनेटमा इमिल स्मिथ रोवीले थप एक गोल गर्दै खेलमा दोब्बर अग्रता लिए । खेलको दोश्रो हाफमा अग्रता कायम राख्दै २-० को जित निकालेको हो । यस सिजनमा आर्सनलले खराब सुरुवात गरेता पनि पुनरगामनको यात्रामा अघि बढेको छ । यस संगै १० खेल खेलेको आर्सनल १७ अंक सहित छैठौ स्थानमा रहेको छ भने लेस्टर भने १४ अंकसहित १० औँ स्थानमा रहेको छ ।  
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update