न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?

न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको भन्दै वकिल लगाएतका एक समूहले सेतोपट्टी बाधेर प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले सुनुवाइ बहिष्कार गरेको विरोधमा उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? , हड्तालकारी न्यायाधीशहरुलाई जनताले घिसारेर इजलासमा लानैपर्छ, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला, तर न्यायापालिका होईन, घेराबन्दी बन्द गरौं, न्यायापालिका सुचारु गरौं’ लगाएतका प्लेकार्ड प्रर्दशन गरेका थिए ।
प्रदर्शनमा अधिवक्ता स्वागत नेपालले न्यायाधीशहरु आफ्नो जिम्मेवारी र कानुनी जिम्मेवारी बिर्सेर अदालतलाई बन्दी बनाएको उनीहरुको आरोप लगाए । उनले निकै थोरै समयमात्र न्यायधिशले जनताको लागि काम गर्ने गरेको धारणा राखे ।
प्रधानन्यायधिशनको राजीनामा माग गर्दै सर्वोच्चमा आन्दोलन भइरहेको छ । सोमबारबाट बन्दी प्रत्यक्षीकरण हेर्न सुरु भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय