सीता एयरको जहाज दुर्घटना, रनवेमा बँदेलसँग ठोक्कियो
                        
                        
                                                
                                            
                                                
                        नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोटतर्फ उडान भर्ने क्रममा जहाज बँदेलसँग ठोकिएर दुर्घटना भएको हो ।
धावनमार्गमा गुडी रहेको अवस्थामा बँदेलसँग ठोकिएको जहाजमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको विमानस्थलले जनाएको छ ।
अहिले विमानस्थल बन्द गरिएको छ । त्यस्तै विमानलाइ धावनमार्गबाट हटाउने काम भईराखेको छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

