हिमाल दैनिक
नेपाल बार एशोसिएसनको बिरोध आज पनि जारी
bar-andolan (3)
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सोमबार पनि बिरोध प्रदर्शन गरेको छ । कालो पट्टी र कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् । यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ । प्रधानन्यायाधीश राणाले न्यायलयलाई ध्वस्त पार्ने काम गरेकाले राजीनामा दिनुपर्ने बारको भनाई छ । विरोध प्रदर्शनमा बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले विसंगति र विकृतिको कारण प्रधानन्यायाधीश मात्रै नभएपनि प्रधानन्यायाधीश मुख्य जिम्मेवार व्यक्ति भने भएको बताए । बारले न्यायलय सुधारका लागि प्रारम्भदेखि नै उठाएका विषयमा धेरै बिषयमा पटक पटक ध्यानाकर्षण गराएपनि प्रधानन्याधिशबाट कुनै सुनुवाई नै नभएको उनले बताए । त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायपालिका संकटमा परेको आरोप लगाए । प्रधानन्यायाधीशको गैर न्यायीक आचरणले गर्दा आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाई छ । बारले आइतबार देशभरका बार इकाइँसग छलफल गरेको थियो । उक्त छलफलपछि आन्दोलनमा सहभागी हुुन सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरिएको थियो । यस्तै बारले ९ बुँदे मागपत्र अघि सार्दै प्रधानन्यायधिशले राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।तीन वर्ष न्यायपालिकाको नेतृत्व गर्दा पनि सार्वजनिक रुपमा व्यक्त प्रतिवद्धता कार्यान्वयन नगरेको आरोप बारले लगाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update