
छठ पर्वको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौंको कुपण्डोलस्थीत बागमती किनारमा पुगी छठी माइको दर्शन गरेका छन्।
बुधबार अपरान्ह प्रधानमन्त्री देउवा बागमती किनारमा पुगेर सार्वसाधारणका साथ नै छठी माइको दर्शन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिए । उनले छठ पर्व सवै नेपालीमा सुख शान्तिको कामना गरे ।
त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भूसाल लगाएत पनि कुपण्डोलस्थीत बागमती किनारमा पुगेर छठी माइको दर्शन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय