हिमाल दैनिक
सर्वोच्च अदालत परिसरमा प्रहरीको हस्तक्षेप
birodh
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको मागसहित सर्वोच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानन्याधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा सर्वोच्च अदालत परिसरमा गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा केहि घाइते समेत भएका छन् । प्रहरीले हस्तक्षेप गरेपछि अधिवक्ताहरुले सर्वोच्च परिसरमा नारावाजी गरेका थिए । उनीहरुले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गर्दै प्रहरी हस्तक्षेपको बिरोध गरेका थिए । प्रहरीको हस्तक्षेपपछि बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने बारले जनाएको छ । बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे नै बिरोध प्रदर्शन सुरु गर्ने र प्रधानन्याधिशलाई समेत सर्वोच्च भित्र प्रवेश रोक लगाउने चेतावनी दिए । त्यस्तै उनले अहिले न्यायालयमा भ्रष्टाचार व्याप्त रहेको र त्यसको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाउदै पदच्यूत गर्नुपर्ने बताए । श्रेष्ठले कात्तिक १४ गते शान्तिपूर्ण रूपमा प्रर्दशन गर्दै आए पनि प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप गराइएको आरोप लगाए । प्रधानन्यायधिशले न्यायपालीकालाई ध्वस्त पार्न खोजेको भन्दै बारले निरन्तर आन्दोलन गर्दै आएको छ । प्रधानन्याधिशनको राजीनामा नआएसम्म आन्दोलनलाई चर्काउने बारले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update