हिमाल दैनिक
आज प्रधानन्यायाधीश राणालाई सर्वाच्चमा नो इन्ट्री!
adalat
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई सर्वोच्च भित्र प्रवेश रोक लगाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको मागसहित बिहिबार सर्वोच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। हस्तक्षेपका क्रममा ७ जना घाइते भएका थिए । त्यसपछि बारले उक्त घटनाको निन्दा गर्दै आज देखि थप आक्रामक रुपमा प्रस्तुत बताएको छ । बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज १० बजे नै बिरोध प्रदर्शन सुरु गर्ने र प्रधानन्याधिशलाई समेत सर्वोच्च भित्र प्रवेश रोक लगाउने चेतावनी दिएका थिए । महासचिव लीलामणि पौडलले विज्ञप्ति जारी गर्दै आज बिहान साढे ९ बजे नै सबै कानून व्यवसायीहरुलाई बार कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेका छन् । अध्यक्ष श्रेष्ठले अहिले न्यायालयमा भ्रष्टाचार व्याप्त रहेको र त्यसको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाउदै पदच्यूत गर्नुपर्ने बताएएका छन् । श्रेष्ठले कात्तिक १४ गते शान्तिपूर्ण रूपमा प्रर्दशन गर्दै आए पनि प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप गराइएको आरोप लगाएका छन् । बार एसोसियसनले आज हुने सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने जनाएको छ । त्यस्तै आज बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने बारले जनाएको छ । कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन्। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आइराखेको छ। तर, हिजोको घटना पछि अब बारले आन्दोलन थप सशक्त बनाउने तयारी गरेका छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update