हिमाल दैनिक
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई आज पनि सर्वाच्च अदालत भित्र प्रवेश रोक लगाउने तयारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा गर्दै दुई सातादेखि आन्दोलन गरिराखेको बार एशोसिएशनले यसअघि शुक्रबार पनि गेटमा बसेर राणालाई प्रवेश गर्न नदिने रणनीति अपनाएको थियो । तर, राणा भने अदालतको अर्को गेटबाट सर्वाच्च प्रवेश गरे । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार आज पनि राणालाई सर्वाच्चमा प्रवेश गर्न नदिने र अदालत अघि धर्ना दिने बताएका छन् । उनका अनुसार आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म अदालतको प्रवेश द्वारमा बसेर धर्ना दिने बताएका छन्। कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन्। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आइराखेको छ। बिहिबार सर्वोच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। हस्तक्षेपका क्रममा ७ जना घाइते भएका थिए । त्यसपछि बारले उक्त घटनाको निन्दा गर्दै शुक्रबारदेखि थप आक्रामक रुपमा प्रस्तुत भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update