हिमाल दैनिक
ए डिभिजन लिगको उद्घाटन खेल: सातदोबाटो र फ्रेन्ड्स क्लब गोल रहित बराबारीमा
a-division-league
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन । खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो । खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए । यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १÷१ अंक पाएको छ । लिग अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update