हिमाल दैनिक
ए डिभिजन लिग: हिमालयन शेर्पा र पुलिस क्लब बराबरीमा
himalayan-sherpa-police-club
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो । खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट विश्वासले पोस्टको जाली चुमाए । दोस्रो हाफमा आक्रामक देखिएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए । यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका जीवन गुरुङ चुनिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update