हिमाल दैनिक
ओलीलाई लक्षित गर्दै दाहालले भनेः जसले अहंकार देखाए उ ओरालो लाग्याे
prachanda
तत्कालिन नेकपाको विभाजनपछि एउटै मञ्चमा नबसेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै पहिलो पटक एउटै मञ्चमा भाषण गर्न पुगेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाले ओलीप्रति चर्को व्यंग्यवाण दिए। कांग्रेसको शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा शुभकामना व्यक्त गर्न पुगेका दाहालले भारतीय जनता पार्टीका नेताले सबै पूर्व प्रधानमन्त्रीहरु एउटै कार्यक्रममा उपस्थित भएको देख्दा शुखद आश्चर्य व्यक्त गरेकोबारे लक्षित गर्दै भने, ‘हामीसँग अर्को आश्चर्य पनि छ, यहाँ भएका सबै प्रधानमन्त्री एकले अर्कोलाई बनाएका हौँ।’ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गाउँमा नेताहरु जाँदा को चोर आए भन्ने गरेको भन्ने कुरा सत्य नभएको भन्दै यो लोकतन्त्र र दललाई बदनाम गर्ने षडयन्त्र भएको बताए। कांग्रेसका पूर्व प्रधानमन्त्री गिरिजाप्रसादको नाम लिँदै कांग्रेसको आब्हान, शान्ति र संविधान भन्ने नारालाई लोकतान्त्रिक गन्तव्यमा पुर्याउने लक्ष्य र गन्तव्यबाट विचलित हुन नहुने धारणा उनले राखे। हामी सबै दल राजनीतिक दलका नेताहरुले निरंकुशता र तानाशाही प्रतिक्रियावादी, प्रतिगमनकारी विरुद्धको लडाईहरु ३६, ४६ सालदेखि दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियामा दलहरुले एकता प्रदर्शन गरेको बताउँदै सत्तामा पुगेपछि जनतामा गरेको वाचा विर्सिएको हो कि भन्ने लागेको उनले बताए। राजनीतिक दल र नेताहरु जनतामा व्यक्त गरेको प्रतिबद्धता एकल वा सामूहिक सरकार र सत्तामा पुगेपछि विचलन र विकृतीमा लागे भनि सबैले समिक्षा गर्न जरुरी भएको उनले बताए। आफू शान्ति सम्झौतापछि भएको ठूलो दलको नेताको रुपमा सत्तामा पुग्दा आफूमा पनि दम्भ आएकोले समस्या आएको बताउँदै यो प्रवृति गतसाल देखेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरे। उनले नेपालको शान्ति वार्ताको निम्ति पहिलो पत्र लेख्ने नेता कांग्रेस सभापति शेरबहादुर देउवा भएको बताउँदै त्यसपछि क्रमशः वार्ता प्रक्रिया अघि बढेर शान्ति सम्झौता भएको बताए। यसरी भएको शान्ति सम्झौताका कतिपय विषय टुंग्याउनु पर्ने काम बाँकी रहेको भन्दै एक्लै हिँड्ने अंहकार नदेखाउन आग्रह गर्दै राजनीतिक प्रतिस्पर्धामा जसरी गएपनि लोकतान्त्रिक शासन व्यवस्थाको सुनिश्चितताका लागि अहंकार त्याग्न आग्रह गरे। ‘जसले अहंकार देखायो, उसको ओरालो लाग्यो भन्ने उदारहण नेपालमा छ,’ उनले ओलीको अवसानप्रति संकेत गर्दै भने।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update