हिमाल दैनिक
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो समय बिश्वमा तिब्र रुपमा कोरोना भाइरसको नयाँ उत्परिवर्तन रुप अर्थात् नयाँ भेरिएन्ट ओमिक्रोनबाट युकेमा एक जनाको मृत्यु भएको छ । यसको पुष्टि ब्रिटेनका प्रधनमन्त्री बोरिस जोनसनले गरेका हुन् । जोनसनले युकेमा ओमिक्रोन तिब्र रुपमा फैलिदो गएको बताएका छन् । उनका अनुसार ब्रिटेनमा संक्रमणको दर हरेक दोश्रो वा तेस्रो दिनमा दोब्बर हुँदै गइरहेको छ । ब्रिटेनको स्वास्थ्य मन्त्रालयका अनुसार हरेक दिन ५ लाख भन्दा बढीमा ओमिक्रोनको संक्रमण देखिन सकिने अनुमान लगाइएको छ। कोरोनाको नयाँ भेरिएन्ट पहिलो पटक दक्षिण अफ्रीकामा २४ नोभेम्बरमा देखिएको थियो । ओमीक्रोनबाट मृत्यु भएको यो बिश्वमा पहिलो केस हो । यसभन्दा अघि देखियो डेल्टा भेरिएन्टभन्दा कैयौ गुणा संक्रामक ओमिक्रोनलाई ‘सुपर माइल्ड’ बताइएको छ । यसमा स्पाइक प्रोटिनमा ३० भन्दा अधिक म्युटेशन हुने भएकोले खोपको असर कम हुने आशंका लगाइएको छ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन ५० भन्दा बढी म्युटेशन भईसकेको छ। यससंगै ओमिक्रोनभन्दा अघि आएको डेल्टा भेरिएन्टले बिश्वमा निकै ठुलो प्रभाब पारेको थियो । तर, ओमिक्रोनले डेल्टाको तुलना स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेशन गरिसकेको छ । यस्तो अधिक मात्रमा म्युटेशनकै कारण ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा छिटो फैलन सक्ने अनुमान लगाइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update