इतिहासमा आज: १०८ बर्ष अघि आजकै दिन पत्रिकामा छापिएको थियो 'क्रसवर्ड गेम'

पत्रिकामा हुने क्रसवर्ड पजल प्राय हामी सबैले खेलेका छौँ। आज कै दिन सन् १९१३ मा पहिलो पटक पत्रिकामा मोडर्न क्रसवर्ड छापिएको थियो। १०८ बर्ष अघि अमेरिकाको पत्रिता द न्युयर्कले सनडे सप्लिमेन्टमा क्रसवर्ड गेम छापिएको थियो। यसलाई ब्रिटिश पत्रकार अर्थर वेनले बनाएको थियो।
सुरु यसको नाम वर्ड क्रस राखिएको थियो। एक पटक टाइपिंग गर्दा वर्ड क्रसको ठाउँमा क्रसवर्ड लेखियो । त्यसपछि बिश्वमा यसलाई क्रसवर्ड नामले नै चिनिन्छ। सुरुवातको समयमा पजल डाइमण्ड शेपको हुन्थ्यो र यसमा ब्लैक बक्स हुन्थिएन। सन् १९२३ को अन्तिमसम्ममा अमेरिकाको हरेक पत्रिकामा यो गेम छापिन थाल्यो। सन् १९१३ अघि पनि पजल छापिने गर्थ्यो तर त्यो पजल एलिमेण्टरीमा हुन्थ्यो।
सन् १९२२-२३ मा पजल ब्रिटेनमा पुग्यो र ब्रिटिश पजलले आफ्नै स्टाइल विकसित गर्दै गयो। अमेरिकी पजलको तुलनामा ब्रिटिश पजल कठिन हुन थाल्यो। त्यस बेला ब्रिटेनको द सनडे टाइम्समा छापिने पजललाई धेरैले रुचाउन थाले। त्यसपछि यो अन्य देशमा पनि छापिन थाल्यो।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय