हिमाल दैनिक
बिश्व स्वास्थ्य संगठनले आजकै दिन ३१ डिसेम्बर, २०१९ मा पहिलो पटक चीनको वुहानमा 'भाइरल निमोनिया' फैलिएको पुष्टि गरेको थियो । यस निमोनियालाई नै पछि 'कोरोना भाइरस'को रुपमा पहिचान दिइएको थियो । चीनमा पुष्टि भएको केवल ३ महिनामा नै बिश्वको अधिकंश देशमा कोरोनाको स्नाक्रमण फैलिएको थियो । डब्लुएचओले ११ मार्च सन् २०२० मा कोरोनालाई महामारी घोषणा गरेको थियो । त्यसबेला सम्म बिश्वमा १ लाख ४८ हजार भन्दा बढीमा संक्रमण देखिएको थियो । जस मध्ये ८० हजार संक्रमित चीनका थिए । ३ जनवरी,२०१९ मा नेपालमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । संक्रमित चीनको वुहान शहर बाट आएका थिए । त्यसपछि सरकारले महामारीलाई मध्यनजर राख्दै चैत्र १० गते देखि लकडाउनको घोषणा गरेको थियो। नेपालमा अहिले सम्म कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ भने ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् । त्यस्तै ८ लाख ११ हजार ७ सय ४६ संक्रमित निको भएका छन् । अहिले सम्म बिश्वमा २८ लाख ५० लाख भन्दा बढीमा कोरोना पुष्टि भईसकेकको छ भने ५४ लाख भन्दा बढीको मृत्यु भाइ सकेको छ। सबै भन्दा पहिलो कोरोना पूष्टि भएको देश चीनमा अहिले सम्म १ लाख भन्दा बढीमा मात्र संक्रमण देखिएको छ भने संक्रमित राष्ट्रको लिस्टमा चीन ११४ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update