हिमाल दैनिक
पेस्तोलसहित एक जना पक्राउ
1
सशस्त्र प्रहरीले महोत्तरीमा एक जना लाई पेस्तोल सहित पक्राउ गरेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका ९ पिपराडीबाट पौष १८ गते प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित २४ बर्षिय मोहमद राजा कवाडीलाई पक्राउ गरेको हो । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० गा्रम गाँजा समेत फेला पारेको हो । पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी बारा जिल्लाको सीम्रौणगढ नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी कुमार दास लाई पक्राउ गरेको छ । नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले फेला पारेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update