हिमाल दैनिक
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उनले बताए । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिए । अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । उनका अनुसार ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेशनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update