हिमाल दैनिक
कोरोनाका कारण लगातार दोश्रो पटक ग्रामी अवार्ड स्थगित
Grammy-awards-posponed
बिश्वभर कोरोनाको कहर एक पटक फेरी देखापरेको छ । कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोनको संक्रमण बिश्वभर बढ्दै गएको छ । यस्तो अवस्थामा अमेरिकाको लस एन्जेलिसमा आयाजना हुने भनिएको ६४ औं ग्रामी अवार्डस २०२२ (GRAMMY Awards 2022) स्थगित गरिएको छ । यो अवार्ड सो ३१ जनवरीमा हुँदै थियो । आयोजक कमिटी 'द रेकर्डिङ्ग एकेडेमी' ले कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोनको खतरालाई मध्यनजर राखेर कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । एकडेमीका अनुसार यो कार्यक्रमका कारण ओमिक्रोनको खतरा बढ्न सक्ने भएकोले अहिलेको लागि स्थगित गरिएको बताइएको छ । ग्रामी अवार्ड स्थगित भएको यो लगातार दोश्रो पटक हो। यस भन्दा अघिल्लो बर्ष पनि ३१ जनवरीमा हुने भनिएको यो कार्यक्रम कोरोनाकै कारण स्थगित गरिएको थियो । यो कार्यक्रम पछि मार्च १४ मा गरिएको थियो । एकेडेमीले नयाँ मिति भने सार्बजनिक गरेको छैन ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update