हिमाल दैनिक
बिश्वभर कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा बिश्वभर २१ लाख ८९ हजारमा कोरोना पुषित भएको छ । सबैभन्दा बढी कोरोना अमेरिकामा फैलिएको छ । अमेरिका ४ लख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार , इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, ब्रिटेनमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिनामा १ लाख १ हजार नयाँ संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७७१ जनाको मृत्यु भएको छ। अहिलेसम्म बिश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाखभन्दा बढी पुगेको छ ।
बिश्वमा कोरोना स्थिति
    • कुल संक्रमित: ३०.५९ करोड
    • निको भएका: २५.८९ करोड
    • एक्टिव केस: ४.१५ करोड
    • मृत्यु: ५५.०२ लाख
नोभेम्बरको अन्तिम दिनमा दक्षिण अफ्रिकामा ओमिक्रोनको भेरीएन्ट देखिएपछि कोरोनाको संक्रमण २७० प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update