हिमाल दैनिक
भारतमा एकै दिन कोरोना संक्रमितको संख्या डेढ लाखभन्दा पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५९ हजार ४२४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ३२७ जना संक्रमितको मृयु भएको छ । त्यस्तै ४० हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् । सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा ४१ हजार ४३४ , दिल्ली २० हजार १८१, बङ्गालमा १८ हजार ८०२ लगायतका राज्यमा देखिएको छ । १० राज्यमा १ .२६ लाखभन्दा बढी कोरोनाको चपेटामा परेका छन् । यस भन्दा अघि शुक्रबार १ लाख ४१ हजार ९८६, बिहिबार १ लाख १७ हजार १०० जनामा कोरोना पुष्टि भएको हो । अहिलेसम्म भारतमा ३.५५ करोडमा कोरोना देखिएको छ भने ३.४४ करोड संक्रमण मुक्त भएका छन् । त्यस्तै ५ लाख ८३ हजार ६३७ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update