हिमाल दैनिक
पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (भिडियो)
gyanendra-shah
पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका गई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गरेका हुन् । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह आउदा उनका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरु विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्षस्थ नेताले पनि नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । नायिका मनिषा कोइराला, सन्तमहन्तले सिंहदरबार पश्चिम मूल ढोका क्षेत्रमा उपस्थित भएर राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गrekaa छन् । विश्व हिन्दू महासङ्घ, अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ, योगी नरहरि आध्यात्मिक परिषद्लगायत संस्थाको ब्यानरमा संस्थागत रुपमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धाभाव प्रकट गर्न उपस्थित भएका थिए । विसं १७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा बनेका थिए । उनि राजा हुँदा नेपाल ५२ वटा ठूला साना राज्यमा विभक्त भएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट, मकवानपुर, काठमाडौँ उपत्यकाहुँदै पूर्वका चौदण्डी विजयपुरसम्म विजय प्राप्त गर्न सफल भएका थिए । पृथ्वीनारायणका पालामा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सिमाना विस्तार भएको थियो । उनको शेषपछि उत्तराधिकारीले नेपालको सिमाना पश्चिममा किल्ला काँगडासम्म फैलाएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update