हिमाल दैनिक
प्रिमियर लिग: लिभरपुल र चेल्सी विजयी, आर्सनल बराबरीमा
chelsea
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले जीत हात पारेका छन् । गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ ले र चेल्सीले टोटेनहमलाई २–० को गोल अन्तरले पराजित गरेको हो । क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा भिर्गिल भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्होले एक एक गोल गरे क्रिस्टल प्यालेसका लागि ओड्सोने इडवार्डले एक गोल फर्काए । त्यस्तै यता चेल्सीको घरेलु मैदानमा भएको खेलमा हाकिम जिएच र थियागो सिल्भाले एक एक गोल गरे । जितसँगै २२ खेलमा ४८ अंक जोडेको लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंकका साथ १३ औं स्थानमा रहेको छ । त्यस्तै, २४ खेलमा ४७ अंक जोडेको चेल्सी लिगको तेस्रो स्थानमा छ । टोटेनह्याम ३६ अंकका साथ सातौं स्थानमा रहेको छ । त्यस्तै लिगको अर्को खेलमा आर्सनल बराबरीमा खेलेको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिगको रेलिगेसन स्थानमा रहेको बर्नलीसँग गोलरहित बराबरी खेलेको हो । २१ खेलमा ३६ अंक जोडेको आर्सनल लिगको छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update